काठमाडौँ। अन्ततः अर्थमन्त्रीमा माओवादी केन्द्रले उप-महासचिव बर्षमान पुनको नाम टुङ्गो लगाएको छ।
माओवादीले पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । यस अगाडि माओवादीबाट अर्थमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पनि कसरत गरेका थिए। तर वर्तमान नयाँ गठबन्धन निर्माणका सुत्राधार भएकाले पुनलाई नै अर्थमन्त्री बनाउने टुङ्गोमा माओवादी पुगेको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन्।
यता रास्वपा सभापति रबि लामिछानेलाई भने उप-प्रधान तथा गृह र एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनाउने तय भएको छ। अन्य मन्त्रालयमा विषयमा भने थप छलफल भइरहेको स्रोतको जानकारी छ ।


































