काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डको बैठकले नेपाललाई विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गत ५ करोड २२ लाख ५० हजार डलर (करिब ६ अर्ब ९८ करोड रुपैयाँ) निकासा गर्न स्वीकृति दिएको छ।
२०७८ पुस २८ गते कोषले नेपाललाई ३९ करोड ८५ लाख डलर दिने निर्णय गरेको थियो। गत वैशाखमा दोस्रो किस्ता निकासा गरेको थियो।
गत बुधवार बसेको आइएमएफको बोर्ड बैठकले नेपाललाई तेस्रो किस्ता बापतको रकम निकासा गर्न स्वीकृति दिएको हो आईएमएफको बैठकले इसीएफ अन्तर्गतको कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको जनाएको छ।


































