National life

अन्तर बैंक कारोबार बढेसँगै कर्जाको मागमा सुधार, सीडी रेसियोमा वृद्धि 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
1.1kShares
अन्तर बैंक कारोबार बढेसँगै कर्जाको मागमा सुधार, सीडी रेसियोमा वृद्धि 
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा अन्तर बैंक कारोबार बढेको छ । समीक्षा अवधिमा बैंकहरुको ७ खर्ब ४५ अर्ब ९१  करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को ९२ अर्ब ७ करोड रूपैयाँ गरी कुल ८ खर्ब ३७ अर्ब ९८ करोडको अन्तर–बैंक कारोबार भएको छ।

त्यस्तै, पछिल्लो समय कर्जा प्रवाहमा समेत बढोत्तरी आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा दुई अर्ब निक्षेप थपिदा ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ भने सिडी रेसियो पनि बढ्न थालेको छ। केही समयअघिदेखि ठप्प रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी केही मात्रामा बढ्न थालेको हो।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको निक्षेप ६७ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। माघ २३ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ५९ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब १२ रुपैयाँ लगानी गरेका छन् ।

बैंकिङ प्रणालीमा कर्जा प्रवाह बढ्न थालेसँगै सिडि रेसियो पनि बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ७९.४४ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?