National life

अन्य व्यवसायको तुलनामा बीमा पृथक रहेछ, सानिमा रिलायन्सकी चिफ एजेन्सि म्यानेजर न्यौपाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ फागुन २०८०, शुक्रबार
685Shares
अन्य व्यवसायको तुलनामा बीमा पृथक रहेछ, सानिमा रिलायन्सकी चिफ एजेन्सि म्यानेजर न्यौपाने
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा अब्बल व्यवसाय गरिरहेकी चिफ एजेन्सि म्यानेजर हुन्,‘नमिता न्यौपाने’ । विराटनगर ४ की स्थायी बासिन्दा रहेकी न्यौपानेले पटक–पटक बीमा क्षेत्रका महत्वपूर्ण उपाधी एमडीआरटी, सीओटी, टीओटीका साथै वैदेशिक भ्रमणको अवसर पाइसकेकी छिन् । बीमा क्षेत्रमा लागेकै कारण उनले आफ्नो धेरै स्तरोन्नती भएको स्मरण गर्दै सबैभन्दा ठूलो कुरा त आर्थिक पाटो मजबुद भएको बताएकी छिन् ।

आर्थिक भ्वाइससँगको कुराकानीमा न्यौपाने भन्छिन्,‘मैले आजभन्दा ६ वर्ष अघि बीमा क्षेत्रमा लागे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि सन् २०२० को एमडीआरटी, सन् २०२१ को सीओटी, सन् २०२२ को टीओटी, सन् २०२३ को एमडीआरटी तथा सन् २०२४ को टीओटी बन्ने मौका पाए । यसै शिलशिलामा अमेरीका, अष्ट्रेलिया, सिंगापूर लगायतको देशमा भ्रमण गर्ने अवसर पाए । सुरुमा बीमा अभिकर्ता पेशा राम्रै हो भन्ने लाग्थ्यो तर यति धेरै अवसर पाउँछु भन्ने चाही सोचेको थिइन । अहिले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको म सबैभन्दा धेरै व्यवसाय ल्याउँने अभिकर्तामा पर्छु ।’

चिफ एजेन्सी म्यानेजर न्यौपानेको यसरी भयो बीमा प्रवेश

चिफ एजेन्सी म्यानेजर न्यौपानेले बीमा बारे साथीहरुले दिएको जानकारीबाट धेरथोर थाँहा पाउँने मौका पाप्त गरिन् । उनले आफ्ना साथीहरु बीमा कम्पनीकै शाखा प्रमुख भएर गएसँगै त्यस्ता साथीहरुबाटै बीमालाई नजिकबाट नियाल्ने अवसर पाइन । न्यौपानेले बीमामा प्रवेश गर्नु अघि बीमा एजेन्ट पेशाा खासै आकर्षक नलाग्ने जस्तो सोच बनाएकी थिइन भने हाल उनीलाई यो पेशा राम्रो पेशा, व्यवसायमा पर्ने रहेछ भन्ने महशुस भएको छ ।

समाजमा रहेका जोखिमहरुलाई बीमामा जोड्न पाउँदा उनलाई बीमा पेशा सेवा हो भन्ने पनि महशुस हुने गर्छ । सानिमा रिलायन्स लाइफकी चिफ एजेन्सि म्यानेजर न्यौपानेले बचत र आर्थिक सुरक्षाका लागि बीमा नै उत्तम विकल्प रहेको बताएकी छिन् । आजको दिनमा उनलाई हरबखत आफूले राम्रो पेशा अँगालेको महशुस भइरहन्छ ।

१५ सय पोलिसी ब्रिकी गर्न सफल

वर्षमा दुई, तीन करोड रुपैयाँ बराबरको व्यवसाय गर्ने उनले ६ वर्षे अवधिमा २०, २२ करोड रुपैयाँको बीमाशुल्क संकलन गरेकी छिन् । त्यो पनि एक्लैले । कुनै दिन मैले पनि बीमा गराउँन सकुला र भन्दै बीमा पाइला आरम्भ गरेकी न्यौपाने लाखौ यूवाहरुका लागि प्रेरणाको स्रोत समेत बन्न पुगेकी छिन् । शैक्षिक यात्राको बारेमा सोध्दा उनले राजनिती शास्त्रमा स्नातकोत्तर तह र कानुन संकायमा एलएलबीसम्मको अध्ययन गरेको बताएकी छिन् ।

सानिमा रिलायन्स नै किन र ?

सानिमा रिलायन्स लाइफकी चिफ एजेन्सि म्यानेजर न्यौपानेले भनिन्,‘कम्पनी सबै उस्तै हुन् । अहिले मर्जरपछि १४ वटा जीवन बीमा कम्पनीहरु बजारमा छन् । यसमा मुख्य कुरा भनेको कसैले पनि कम्पनीको व्यवस्थापन पक्ष कस्तो छ र ? भन्ने नै हेर्ने हो । व्यवस्थापन राम्रो भएको ठाउँमा सेवा लिन सजिलो हुन्छ । कुनै पनि ग्राकहले खोज्ने कुरा त्यही नै हो । सानिमा रिलायन्स लाइफ त्यसमा निकै अगाडी छ भन्ने मैले देखेको छु । भोलि यो कम्पनीले राम्रो रिर्टन दिन्छ भन्ने लगानीकर्ताहरुले पनि विश्वास गर्नु भएको छ । यहाँ बीमितले चाहे जस्तो थोरै पैसामा ठूला पोलिसीहरु किन्न सकिने व्यवस्था छ । यहाँ प्रिमियम रेट पनि अधिकांश मानिसको पहुँचमा पुग्ने किसिमकै छ । नामको हिसाबले पनि सानिमा रिलायन्स कम्पनी भन्दा राम्रो दख्खल राख्ने कम्पनीको रुपमा पनि यो परिचित भइसकेको छ । यस्ता कुराहरुले गर्दा सानिमा रिलायन्सको प्रोफाइल, पोलिसी, प्रिमियम, बोनस रेट, व्यवस्थापन हरेक कुरा राम्रो छ ।’

उनले आफू भन्दा अगाडी बीमा पेशामा कोही पनि आफन्त नलागेको बताएकी छिन् । तै पनि उनको घरबाट उनालाई राम्रो समर्थन मिलेको थियो । राजनैतिक र अन्य पेशा व्यवसायमा आवद्ध रहेका कारण पनि उनलाई बीमा एजेन्सी पेशामा काम गर्न निकै उर्जा मिलेको न्यौपानेको अनुभव छ ।

अन्य पेशाभन्दा बीमा नै ठिक

अन्य पेशा, व्यवसायमा सुरुवाती चरणमै धेरै थोर लगानी गर्नु पर्ने हुन्छ । करौडौ लगानी गर्दा पनि कम फाइदा हुने अन्य पेशाभन्दा, बिना लगानीमा करोडौ कमाईने भएकाले पनि उनलाई बीमा पेशा निकै उत्तम लाग्ने गर्छ । न्यौपानेले आफ्नो क्षमता, (पिआर) जनसम्पर्क, बीमाको बुझाई र एजेन्टको योजना भएमा नेपालमै बसेर दुई, चार लाख रुपैयाँ आर्जन गर्न बीमाले ने साथ दिने बताएकी छिन् । उनले बीमाको लागि समय खर्चिनु परे पनि आफ्नो पहुँच अनुसारको प्रतिफल पाइने बताएकी छिन् ।

बीमाभन्दा बाहेकमा न्यौपानेले होटल, कलेज, ओम वेलनेस अस्पतालमा पनि लगानी गरेकी छिन् । करोडौ रुपैयाँ लगानी गरेका त्यस्ता अन्य व्यवसायबाट थोरै प्रतिफल मिले पनि उनले बीमाबाट भने चार पाङ्ग्रे सवारी जोड्न सफल भएको बताएकी छिन् । त्यस्तै, न्यौपानेले बीमाबाटै देश विदेश घुम्ने अवसर पाएको, आर्थिक अवस्था सुदृढ बनाएको, आफूले सरकारलाई ट्याक्स तिरेर आर्जन गर्ने सुनौलो मौका पाएका बताएकी छिन् । उनले काम गर्न विदेश जानु वा सरकारी काम गर्नुभन्दा बीमा पेशाको उपलब्धी निकै उच्च रहने बताएकी छिन् ।

 

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?