National life

सानिमा रिलायन्स लाइफकी चिफ बिजनेश अफिसर न्यौपाने राष्ट्रियसभाको उम्मेदवार सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२३ पुस २०८२, बुधबार
1.2kShares
सानिमा रिलायन्स लाइफकी चिफ बिजनेश अफिसर न्यौपाने राष्ट्रियसभाको उम्मेदवार सिफारिस
ncell

काठमाडौं। लामो समयदेखि राजनीतिमा समेत सक्रिय रहेकी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश अफिसर नमिता न्यौपाने कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी छन्। न्यौपाने नेपाली कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभाको उम्मेदवार सिफारिस भएकी हुन्।

नेपाली राजनीति र जीवन बीमाको माध्यमबाट आम सर्वसाधारणको सेवा गरीरहेकी न्यौपानेले विराटनगर महानगरपालिकाबाट तत्कालिन नेकपा माओवादी केन्द्रबाट मेयर पदमा चुनाव लडेर सम्मानजनक मत ल्याएकी थिइन् । उनले गाउँका हजारौ मानिसहरुको बीमा गर्दै उनीहरुको जोखिम रक्षावरणमा समेत महत्वपूर्ण भुमिका निर्वाह गरेकिछिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकिछिन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?