National life

अप्पर लोहोरे खोला हाइड्रोपावरको हकप्रद निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ फागुन २०८२, सोमबार
1.1kShares
अप्पर लोहोरे खोला हाइड्रोपावरको हकप्रद निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
ncell

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ६० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो। यसअघि कम्पनीको चुक्ता पूँजी ५० लाख ९८ हजार ४० कित्ता शेयर बराबर रहेको छ, जसअनुसार हकप्रदमार्फत कुल ५० करोड ९८ लाख ४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सम्बन्धमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

एनआईसी एशिया क्यापिटलले हालसम्म सामूहिक लगानी कोष तथा डिबेञ्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पूँजी संकलन गरिदिन सफल भएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?