National life

अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको धितो ३ पटकसम्म लिलामी प्रक्रियामा राख्नुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
828Shares
अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको धितो ३ पटकसम्म लिलामी प्रक्रियामा राख्नुपर्ने
ncell

काठमाडौं । अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले ऋणीको धितो ३ पटकसम्म लिलामी प्रक्रियामा राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेर सो व्यवस्था गरेको हो । यसअघि संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नुपर्ने व्यवस्था थियो।

अहिले त्यो व्यवस्था परिमार्जन गरेर कर्जा असुल गर्न कम्तीमा ३ पटकसम्म धितो लिलामी प्रक्रिया पुरा गर्दा समेत उक्त धितो बिक्री नभएको खण्डमा मात्र आफैले सकार गर्नुपर्ने व्यवस्था गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सकार गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मूल्यमा मूल्यांकन गर्न पनि राष्ट्र बैंकले भनेको छ । यता बैंकहरुले गैरबैंकिङ सम्पत्ति बुक गरेपछि सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले हटाएको छ ।

यी व्यवस्थासँगै बैंकहरुले आफूखुसी एनबीए बुक गर्ने क्रममा कमी आउने अनुमान गरिएको छ भने यदी गैरबैंकिङ सम्पत्ति बुक गरे भने त्यसवापत नोक्सानी व्यवस्थाको भार घटेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?