काठमाडौँ। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध व्यापक विरोध प्रदर्शन भएको छ ।
‘नो किङ्ग्स र्याली’ नाम दिइएको यस आन्दोलनमा करिब ८० लाख मानिस सहभागी भएको आयोजकहरूले बताएका छन् । देशभरका सबै ५० राज्यका ३ हजार ३०० भन्दा बढी स्थानमा एकसाथ प्रदर्शन गरिएको जनाइएको छ ।
आयोजकहरूको भनाइअनुसार, यसअघि अक्टोबरमा भएको ‘नो किङ्ग्स’ अभियानको तुलनामा यसपटक सहभागिता उल्लेख्य रूपमा बढेको छ ।
यसपटक ६ सयभन्दा बढी कार्यक्रम आयोजना गरिएको र सहभागी संख्या पनि करिब ८० लाखले वृद्धि भएको दाबी गरिएको छ ।


































