National life

अमेरिका–चीन सहमति: इरानलाई आणविक हतियार रोक्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
1.4kShares
अमेरिका–चीन सहमति: इरानलाई आणविक हतियार रोक्ने निर्णय
ncell

काठमाडौं । अमेरिकाचीनबीच इरानलाई आणविक हतियार विकास गर्न नदिने विषयमा सहमति भएको छ।

बेइजिङमा जारी उच्चस्तरीय वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङ बीच इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्ने विषयमा साझा धारणा बनेको हो।

समाचार संस्था रोयटर्सका अनुसार एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै दुवै मुलुक इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन सहमत भएका हुन्।

त्यसैबीच, वार्तामा ताइवान को विषय उल्लेख नभएको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ह्वाइट हाउसद्वारा सार्वजनिक विवरणमा ताइवानबारे कुनै चर्चा नहुनुलाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

चिनियाँ सञ्चारमाध्यमले ताइवानलाई प्रमुख द्वन्द्वको विषयका रूपमा प्रस्तुत गरिरहेका बेला अमेरिकी पक्षको मौनताले वार्तालाई थप संवेदनशील बनाएको विश्लेषण गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?