National life

अमेरिका र चीनले गरे ११५ प्रतिशत कर कटौती गर्ने सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ वैशाख २०८२, सोमबार
542Shares
अमेरिका र चीनले गरे ११५ प्रतिशत कर कटौती गर्ने सहमति
ncell

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू ११५ प्रतिशत बिन्दुले घटाउन सहमत भएका छन् । यसको अर्थ अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि ३० प्रतिशत र चीन आयात हुने अमेरिकी सामानमा १० प्रतिशत कर लगाइने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहमतिले विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको व्यापार युद्धलाई कम गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वव्यापी कर वृद्धिको घोषणा गरेपछि शनिबार र आइतबार भएको पहिलो वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्रले संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना चीनका लागि आयातमा १४५ प्रतिशत कर लगाएका थिए भने अन्य मुलुकका लागि १० प्रतिशत कर लागु भएको घोषणा गरेका थिए ।

बदलामा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?