National life

अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिच मनमुटाब : टेस्लाको व्यापारमा १५० अर्ब डलर घाटा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
547Shares
अमेरिकी राष्ट्रपति ट्रम्प र मस्कबिच मनमुटाब : टेस्लाको व्यापारमा १५० अर्ब डलर घाटा
ncell

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जीतसँगै केही महिना अगाडि मात्रै अमेरिकी अर्ब पति एलन मस्कको कमाइमा उचाइ बृद्धि भएको थियो । डोनाल्ड ट्रम्पको विजय निश्चित भएसँगै एलन मस्कको सम्पत्ति एकै दिन २० अर्ब ९० करोड डलरभन्दा बढीले बढेको थियो। ट्रम्पको विजय लगत्तै मस्कको सम्पत्ति एकै दिन करिब ८ प्रतिशतले बढेको थियो ।

तर उनै ट्रम्पलाई जिताउन अर्बौँ डलर खर्च गरेका एलन मस्क र राष्ट्रपति ट्रम्पबिच पछिल्लो समयमा देखिएको खटपटको असर टेस्लाको सेयरमा देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्रपति ट्रम्प र अर्ब पति मस्कबीच बढेको मनमुटाबको कारण मस्क मालिक रहेको उक्त कम्पनीको सेयरमा बिहीबार ठुलो गिरावट आएको हो।

एक समय राष्ट्रपति ट्रम्पले एलन मस्कको कम्पनी टेस्लाबाट एउटा रातो रंगको कार किनेका थिए, साथै ट्रम्पले सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए।  तर पछिल्लो समय बढेको तनावको कारण ट्रम्प मस्कप्रति रुष्ट देखिएका छन् ।

बिहीबार कम्पनीको सेयर १४ प्रतिशत घटेको हो, जसले गर्दा कम्पनीको मूल्यमा लगभग १५० अर्ब डलर घाटा भएको छ। मस्कले अमेरिकाको सरकारी दक्षता विभाग छाडे यता राष्ट्रपति ट्रम्पको आलोचना गरिरहेका छन्। पहिले एक अर्काका प्रिय उनीहरू अहिले आरोप-प्रत्यारोपमा उत्रिएका छन्।

इलोन मस्कसँग वैमनस्य बढ्दै जाँदा ट्रम्पले स्पेसएक्सजस्ता मस्कका कम्पनीहरूलाई दिइएका सरकारी ठेक्का पनि समाप्त गर्ने चेतावनी दिएका छन्। तर जवाफमा मस्कले भनेका छन्, ‘तपाईँ जे गर्न चाहनुहुन्छ गर्नुहोस्, मलाई मतलब छैन।’

यता, राष्ट्रपति ट्रम्पले मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । जवाफमा मस्कले पनि ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए। मस्क सो जिम्मेवारीबाट अलग भएपछि उनीहरूको विवाद छताछुल्ल रूपमा बाहिरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?