National life

अमेरिकी राष्ट्रपति ट्रम्पले मागे केन्द्रीय बैंकका प्रमुखको राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असार २०८२, बिहिबार
876Shares
अमेरिकी राष्ट्रपति ट्रम्पले मागे केन्द्रीय बैंकका प्रमुखको राजीनामा
ncell

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेललाई तुरुन्तै पद छोड्न निर्देशन दिएका छन् ।

ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘टु लेट, उनले तुरुन्तै राजीनामा दिनुपर्छ ।’

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भ बैंकको अध्यक्ष बनाएका थिए ।

ट्रम्पले ब्याजदर कटौती नगरेकामा पावेलको बारम्बार आलोचना गरिरहेका छन्।

Royal Enfield
nic asia capital

राष्ट्रपति ट्रम्पसँग उनलाई पदबाट हटाउने शक्ति छ कि छैन भन्ने कुरा स्पष्ट छैन।

पावेलको निरन्तर आलोचना गरे पनि ट्रम्पले यस वर्षको सुरुमा भनेका थिए, ‘पावरलाई बर्खास्त गर्ने उनको कुनै मनसाय छैन।’

ट्रम्प आर्थिक वृद्धि बढाउन फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउन चाहन्छन्।

अर्कातर्फ पावेलले मंगलबार भनेका थिए, ‘ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रलाई असर नगरेको भए केन्द्रीय बैंकले पहिले नै ब्याजदर घटाइसकेको हुने थियो ।’

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?