National life

अमेरिकी सेनाले आकाशबाट खाद्यान्न खसाल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ फागुन २०८०, शनिबार
699Shares
अमेरिकी सेनाले आकाशबाट खाद्यान्न खसाल्ने
ncell

अमेरिकाका राष्ट्रपति जो बाइडेनले गाजामा सेनाले आकाशबाट खाद्यान्न खसाल्ने घोषणा गरेका छन्।

बाइडेनले अमेरिकी सेनाले आगामी दिनमा खाद्यान्न सामग्री गाजामा खसाल्ने बताए पनि यसबारे धेरै विवरण दिएनन्।

जोर्डन र फ्रान्सले पहिले नै गाजामा खाद्यान्न र अन्य राहत सामग्री खसालिरहेका छन्।

गाजामा राहत खाद्यान्न सामाग्री खसाल्ने घोषणा गर्दै बाइडेनले भने, हाल गाजामा आउने राहत सामग्री पर्याप्त छैन। अमेरिकाबाट आउने सामान खान तयार हुनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिहीबार उत्तरी गाजामा खानाको प्रतीक्षामा रहेका कम्तीमा ११२ प्यालेस्टाइनी मारिएका थिए।

गाजा सहरमा उपस्थित एक पत्रकारले बताएअनुसार मानिसहरू सहायता सामग्री संकलन गर्न आएका थिए र इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाउन थाले। यस घटनामा करिब ७६० जना घाइते भएको बीबीसीको समाचारमा उल्लेख छ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसका लागि इजरायली सेनालाई जिम्मेवार ठहर गरेको छ। तर इजरायली सेनाले विज्ञप्ति जारी गरी ट्याङ्कहरूले चेतावनीको गोली चलाएको तर राहत सामग्रीले भरिएका ट्रकमा आक्रमण नगरेको दाबी गरेको छ।

इजरायली सेनाले ट्रकले किचेर धेरै मानिसको मृत्यु भएको दाबी गरेको छ। हमासले इजरायलको यो दाबी अस्वीकार गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
699SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?