National life
cg eloctronics

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रालयमा एक सातामा गरे ७ निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२१ चैत २०८२, शनिबार
1KShares
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रालयमा एक सातामा गरे ७ निर्णय
muktinatha bikash bank

पदबहाली र तीन निर्णय

१.चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने,

२.उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने,

https://www.youtube.com/watch?v=02Oo0JdDvac

3 ad - 1
3 ad - 2
3 ad - 3

३.निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने ।

मेरिटका आधारमा पदस्थापन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर ३० जना उपसचिवको मेरिटमा आधारित पदस्थापन गर्नुभयो । नियमित बढुवा भएका ३० जना राजश्व समूहका उपसचिवको योग्यतामा आधारित पदस्थापन गरिएको थियो ।

everest bank

मन्त्रालयको आन्तरिक ब्रिफिङ

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय अन्तर्गतका महत्वपूर्ण महाशाखा तथा कार्यालयहरूको ब्रिफिङ लिइरहनुभएको छ ।

https://www.youtube.com/watch?v=jOgIVDqcv8Q&t=49s

चैत्र १३ गते शुक्रबार पद तथा गोपनियताको शपथ लिएर मन्त्रालयमा पदभार ग्रहण गरेपछि उहाँ नियमित छलफल र अन्तरक्रियामा जुट्नु भएको हो । उहाँले मन्त्रालय अन्तर्गतका कार्यालयको संरचना र कार्यप्रगति अवस्था, बजेट कार्यन्वयन, राजश्व सङ्कलन, राजश्व चुहावट नियन्त्रणका उपाय लगायतका विषयमा विस्तृतमा जानकारी लिइरहनुभएको छ ।

डा.वाग्लेले ६ वटा महाशाखा, २ वटा विभाग, २ वटा कार्यालय र एक प्राधिकरणको ब्रिफिङ लिइसक्नु भएको छ ।

बजेट महाशाखा, अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा, राजश्व व्यवस्थापन महाशाखा, वित्तिय सङ्घीयता समन्वय महाशाखा, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, वित्तिय क्षेत्र महाशाखा, नेपाल बीमा प्राधिकरण, महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग र आन्तरिक राजश्व विभागको ब्रिफिङ लिनुभएको हो ।

https://www.youtube.com/watch?v=PY-FRj8rEyY&t=14s

राजश्व चुहावट रोक्न निर्देशन

यस्तै, उहाँले उच्चस्तरीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएर राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुरक्षा निकाय र राजश्व प्रशासनलाई आग्रह पनि गर्नुभयो ।

सेवाग्राहीलाई दुःख र हैरानी नदिई राजश्व सङ्कलन गर्न र राजश्वको चालु आवको लक्ष्य पुरा गर्न मात्रै नभई राजश्व त्यो भन्दा बढी सङ्कलन गर्न निर्देशन दिनुभयो ।

निजी क्षेत्रलाई सरकारको प्राथमिकता र नीतिबारे जानकारी

यस अघि उहाँले निजी क्षेत्रका तीन वटा प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको थियो ।

सो अन्तरक्रियामा नयाँ राजनीतिक परिवेश, नयाँ सरकार गठनको जनादेशबारे निजी क्षेत्रलाई जानकारी गराउनु भएको थियो । सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अगाडी बढ्ने भन्दै अर्थमन्त्री वाग्लेले सरकारलाई रचनात्मक ढंगले सहयोग गर्न र निश्चिन्त भएर लगानी बढाएर देशमा रोजगारी सृजना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो।

बजेट तयारी सुरु 

अर्थमन्त्री डा.वाग्लेले आर्थिक वर्ष २०८३⁄८४ को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गर्नुभएकोछ । समितिले पूर्णता पाउँदैछ। यस बीचमा मन्त्रिस्तरीय तीन दर्जन बढी निर्णयहरु उहाँले गर्नुभएको छ।

राजश्व परामर्श सम्बन्धि अन्तरक्रिया सुरु

आगामी आर्थिक वर्षको बजेट लक्षित राजश्व परामर्श सम्बन्धि अन्तरक्रियामा अर्थमन्त्री वाग्ले सहभागी हुन थाल्नुभएको छ ।

उहाँ शुक्रबार राजश्व परामर्श सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा देशकै ठूलो भन्सार कार्यालय अनुगमन तथा निरिक्षणका लागि वीरगन्ज पुग्नुभएको थियो ।

सो क्रममा वीरगन्ज एकीकृत भन्सार जाँचपास केन्द्र (आईसीपी) को निरिक्षण, आन्तरिक राजश्व कार्यालय पर्सा र बाराको निरीक्षण गरेर अर्थमन्त्री वाग्ले वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेटलाई सुझाव दिन आयोजित छलफल तथा अन्तरक्रियामा सहभागी हुनुभएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?