National life

अर्थ मन्त्रालयमा दोस्रो पटक मुसा नपसेको होस्ः पुर्वअर्थ मन्त्री युवराज खतिवडा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
1.4kShares
अर्थ मन्त्रालयमा दोस्रो पटक मुसा नपसेको होस्ः पुर्वअर्थ मन्त्री युवराज खतिवडा
ncell

काठमाडौं। पुर्व अर्थमन्त्री डा. युवाराज खतिवडाले राजस्वमा नीतिगत भ्रष्ट्राचारको शंका गरेका छन्। इकोनोमी मिडीया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै खतिवडाले बाहिर सुनिए जस्तो नीतिग भ्रष्ट्राचार भएको नहोस् भनेका हुन्।

बजेटमा दोस्रो पटक मुसा पसेको विषय सुनेको भन्दै मन्त्री डा.
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रकाशशरण महतलाई यसो भएको नहोस् भनि पुर्व मन्त्री खतिवडाले व्यंग गरेका हुन्।

खतिवडाले भने ‘सञ्चार माध्यममा दोस्रो पटक मुसा पसेको विषय आएको छ, यसो नभएको होस् म मन्त्री महतलाई शुभकामना दिन चाहान्छु। यी कुरा सत्य नहोउन। सत्यको पक्षमा उभिनु होला।’

पोष्ट बजेट छलफलमा बोल्दै खतिवडाले बजेट फल्स ग्राउण्ड बनेको आरोप लगाएका हुन्। उनले भने ‘फल्स ग्राउण्ड भनेको कमजोर धरातल हो, सुन्दा त राम्रो सुनिन्छ, तर आर्थिक ऐनको पाना पल्टाउँदै जादा यसको असर देखिदै जान्छ।’

बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन। पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाई छ।

पुर्व अर्थमन्त्री खतिवडाले थपे ‘मैले एउटा कुरा ‍भन्ने गरेको छु, खाना खादा मिठो हुनुपर्छ, ताकी पकाएको हेर्दा राम्रो भएर हुदैन।’

खतिवडाले आफू अर्थमन्त्री रहँदा संघियता कार्यान्यवयनमा ठूलो खर्च भएकोले बजेटको आकार बढाउनु परेको बताए। चालु खर्च टार्न आन्तरिक ऋण उठाउने अवस्था आइसकेको छ। खतिवडाले भने ‘खोप किन्न पनि ऋण लिनु परेको छ। तर हामीले ऋण लिएर अनुदान बाड्ने ठाउमा छौं। ऋण सहि ठाउँमा लगानी भयो कि भएन सो कुरा हर्न जरुरी छ।’

अर्थमन्त्रीले गाली खान तयार हुनुपर्ने खतिवडाले बताए। मन्त्रीले सुरुमा गाली खाने हिम्मत गर्नुपर्ने र दीर्घकालमा नतिजा हेरेर सन्तोष लिनुपर्ने खतिवडाको भनाई छ।

पुँजीगत खर्च महालेखाको तथ्यांकमा भएको मात्रै होइन। चालु खर्चका अधिकांस खर्चहरु पुजिगतमै पर्ने गरेको छ।

सामाजिक सूरक्षामा दक्षिण एसियामै धेरै राम्रो पोजिसनमा रहेकोले सरकारले केहि गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाई छ।

पुर्व मन्त्री खतिवडाले थपे ‘मेरो पालामा गन्द्रुकमा पनि कर लगायो भन्ने आरोप लगायो, अहिले आलु र प्याजमा पनि कर लगाइएको छ यसको पनि नतिजा भोग्न मन्त्री ज्यू तयार रहनु होला।’

६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाई छ। यसको लागि उद्योगीलाई चालपुँजी कर्जा बढाउँनु पर्छ। तर आन्तरिक ऋण बढाएर ब्याजदर घटाउ भन्ने अर्थ मन्त्रालको कुरामा तालमेल नभएको खतिवाडाको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?