National life

अष्ट्रेलियाको मौद्रिक नीतिमा हेरफेर , मूल्यवृद्धि स्थिर राख्न ब्याजदर घटाउने केन्द्रीय बैंकको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ जेठ २०८२, बुधबार
646Shares
अष्ट्रेलियाको मौद्रिक नीतिमा हेरफेर , मूल्यवृद्धि स्थिर राख्न ब्याजदर घटाउने केन्द्रीय बैंकको निर्णय
ncell

काठमाडौं ।  अष्ट्रेलियाको केन्द्रीय बैंकले आफ्नो औपचारिक नगद दर २५ अंकले घटाएर ३.८५ प्रतिशतमा पुर्‍याएको छ। यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो ।

बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति) लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०२२ मा अष्ट्रेलियामा मुद्रास्फीति अत्यन्त उच्च विन्दुमा पुगेको थियो, जसले गर्दा त्यति बेला केन्द्रीय बैंकले निरन्तर रूपमा ब्याजदर बढाउँदै आएको थियो।

सन् २०२२ मा उच्च विन्दुमा पुगेको मुद्रास्फीति अहिले धेरै ह्रास भएको छ। बैंकका अनुसार पहिले बढाइएको ब्याजदरले समग्र माग र आपूर्ति सन्तुलनमा ल्याउन मद्दत गरेको छ।

साथै, बैंकले पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको जनाएको छ। घरेलु बजारको अवस्था अझै स्पष्ट नभएको र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुराले आगामी निर्णयहरूलाई प्रभावित पार्ने बैंकको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?