काठमाडौं । असार महिनाको पहिलो कारोबारका दिन आज शेयर बजारमा सामान्य सुधार आएको छ । यस साताको पहिलो दिन आज बजार २.१३ अंकले बढेर २६५२.५२ को विन्दुमा कायम भएको हो।
आज ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।
यस दिन ६ उपसूचकमा हरियाली आएको छ। आज विकास बैंकको ०.४९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२८ प्रतिशत, हाइड्रोपावर समूहको १.१३ प्रतिशतले शेयर मूल्य बढेको छ।
आज सामान्य सुधार आएको शेयर बजारमा सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ८९ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, ङादी ग्रुप पावर कम्पनीको ८७ करोड २० लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। भने बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख ९१ हजार रुपैंया, राधी विद्युत् कम्पनीको ५० करोड ७४ लाख २९ हजार रुपैयाँ रमाउन्टेन इनर्जी डेभलपमेन्टको ५० करोड ३८ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।


































