National life

आइएमई लाइफको आइपीओमा देखियो आकर्षण ,करिव ४ अर्ब रुपैयाँ संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
1.1kShares
आइएमई लाइफको आइपीओमा देखियो आकर्षण ,करिव ४ अर्ब रुपैयाँ संकलन
ncell

काठमाडौं । नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गरेको आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज अन्तिम दिनसम्ममा १३ लाख ५१ हजार १ सय ५ जना सर्वसाधारणले आवेदन दिएका छन्  । सिडिएसका अनुसार आज असार २५ गते साँझ ५ बजेसम्ममा यी आवेदकहरुबाट १ करोड ६४ लाख६८ हजार ७ सय १० कित्ताको लागि ३ अर्ब ७४ करोड १ लाख ३३ हजार ७ सय ६ रुपैयाँ बराबरको रुपैयाँ संकलन भएको छ ।

कम्पनीले यहीँ असार २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले कूल १ करोड २० लाख कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि बिक्री गरेर बाँकी रहेकोमध्ये ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले बिहीबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?