National life

आउँदो शनिबार प्रधानमन्त्री ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ असार २०८२, बिहिबार
436Shares
आउँदो शनिबार प्रधानमन्त्री ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिवार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिवार स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओली १६९१९ असारसम्म स्पेनमा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले बताएका छन् ।

Royal Enfield
nic asia capital
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमति पत्रमा हस्ताक्षर हुनेछ।

साथै, प्रधानमन्त्री ओलीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्नेछन्। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाटसमेत हुने दूतावासले जनाएको छ।

स्पेन संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था भएको पश्चिम युरोपेली मुलुक हो। करिब ५ लाख ५ हजार ९९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको स्पेनको जनसंख्या लगभग ४ करोड ७४ लाख छ।

यो समाचार शेयर गर्नुहोस्
436SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?