National life

आएमई लाइफको खुद बीमाशुल्क आर्जन ३६.४५ % ले बढ्यो, सबै सूचकमा देखियो प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२२ माघ २०८२, बिहिबार
937Shares
आएमई लाइफको खुद बीमाशुल्क आर्जन ३६.४५ % ले बढ्यो, सबै सूचकमा देखियो प्रगति
ncell

काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा प्रतिकुल समयका बाबजुत पनि  नाफामा सामान्य अंकले वृद्धि गर्न सफल भएको छ ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २७ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले २६ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १.०४ प्रतिशतले बढेको छ।

यस पुस मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँबाट ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त हुने ब्याज ६६ करोड ८८ लाख रुपैयाँबाट ७ प्रतिशतले बढेर ७१ करोड ५५ लाख रुपैयाँ नाघेको छ।

यस अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँबाट २७.५९ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीले अभिकर्तालाई दिइएको कमिशन बापतको रकम २२ करोड २ लाख रुपैयाँबाट २९ प्रतिशतले बढेर २८ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ।

पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १० अर्ब ८७ करोड २६ लाख रुपैयाँबाट ४१.२७ प्रतिशतले बढेर १५ अर्ब ३६ करोड नजिक पुगेको छ।

कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ करोड रुपैयाँ र जगेडा कोषमा ४३ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीको कुल सम्पत्ति २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँबाट बढेर २३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ नाघेको छ।

५ अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.८३ रुपैयाँ कायम भएको छ। पीई रेसियो ४१.११ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२९.१६ रुपैयाँ रहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
937SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?