National life

आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने तयारीमा केन्द्रीय बैंक, सरोकारवालासँग सुझाव माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ जेठ २०८२, सोमबार
1.2kShares
आगामी आर्थिक वर्षको मौद्रिक नीति बनाउने तयारीमा केन्द्रीय बैंक, सरोकारवालासँग सुझाव माग
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै सरोकारवाला निकायहरूसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको हो।

सूचनामा मार्फत केन्द्रीय बैंकले सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र राय/सुझाव पठाउन आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।

कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत् आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य रहेको हुन्छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?