National life

गभर्नरको तयारीमा रहका डा.भट्टलाई पहिलो गासमै ढुङ्गा, योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ वैशाख २०८२, शुक्रबार
724Shares
गभर्नरको तयारीमा रहका डा.भट्टलाई पहिलो गासमै ढुङ्गा, योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट
ncell

काठमाडौँ। आगामी गभर्नरको लागि निश्चित जस्तै देखिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएर आगामी गभर्नर बन्ने तरखरमा रहेका भट्टलाई नियुक्ति हुन नपाउँदै योग्यता नपुगेको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

भट्टविरुद्ध अधिवक्ता द्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रवार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निवेदकहरूका अनुसार आइतबार नै पेसीमा चढाउने गरी पूरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ।  निवेदकहरूले दलहरूबिचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको समेत दाबी गरेका छन् ।

भट्टले शुक्रवार मात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । यसअघि गत २ वैशाखमा अधिवक्ता द्वय उप्रेती र थापाले नै दायर गरेको रिट अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले भनेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरीत डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैर कानुनी प्रपञ्च रचिएको पनि पूरक रिट निवेदनमा दाबी गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?