National life

कांग्रेस नेतृत्वको सरकार बने २०४६ पछिका सबै काण्डको छानबिन हुन्छ : गगन थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१४ फागुन २०८२, बिहिबार
1.1kShares
कांग्रेस नेतृत्वको सरकार बने २०४६ पछिका सबै काण्डको छानबिन हुन्छ : गगन थापा
ncell

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार गठन भए २०४६ सालपछि सार्वजनिक रूपमा चर्चामा आएका सबै भ्रष्टाचार तथा अनियमिततासम्बन्धी घटनाको छानबिन गरिने बताएका छन्।

बिहीबार सुर्खेतमा आयोजित कांग्रेसको बृहत् सभालाई सम्बोधन गर्दै उनले विगतमा भएका हरेक काण्ड निष्पक्ष रूपमा अनुसन्धान गरिने र दोषी जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्किन नपाउने स्पष्ट पारे। आफ्नै परिवार वा नजिकका व्यक्ति संलग्न देखिए पनि कसैलाई संरक्षण नदिइने उनको भनाइ थियो।

थापाले कांग्रेस नेतृत्वको सरकारले पाँच वर्षको कार्यकालमा कुनै पनि प्रकारको भ्रष्टाचारजन्य काण्ड नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सुशासनलाई प्राथमिकतामा राखिने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नागरिकले कांग्रेस सरकारसँग जोडेर नयाँ काण्डको चर्चा सुन्नु नपर्ने वातावरण बनाउने उनले दाबी गरे।

देशको राजनीतिक र प्रशासनिक प्रणालीमा सुधार ल्याउने उद्देश्यसहित आफूहरू अघि बढेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षलाई परिवर्तन र सुधारको अवधिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?