काठमाडौँ । आज मङ्गलवार बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची समावेश छ ।
यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा र वन तथा वातावरण मन्त्रीले मन्त्रालयसम्बन्धी सांसदको मौखिक प्रश्नहरूको उत्तर दिने सम्भावित कार्यसूची छ ।
यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
साथै, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालय सम्बन्धी सांसदहरूका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ ।

































