काठमाडौँ। आज दिउँसो १ बजेका लागि बस्ने प्रतिनिधि सभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणको बारेमा संसद्लाई जानकारी गराउने बताइएको छ। प्रधानमन्त्री ओली भदौ १४ गते सांघाई सहयोग संगठन शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा जाने कार्यतालिका तय भएको छ ।
प्रधानमन्त्री ओलीले शुक्रवारको सम्बोधनमा लिपुलेक बारे भारत र चीनबिच हालै भएको सहमति बारे नेपालको धारणा र आगामी रणनीति बारे संसदमा बोल्ने कार्यसूची रहेको छ ।


































