National life

आज अर्थ समिति सहित ६ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ असार २०८२, बुधबार
652Shares
आज अर्थ समिति सहित ६ संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
ncell

काठमाडौँ। आज एकै पटक अर्थ समिति सहित ६ संसदीय समितिको बैठक बस्दैछ । जस अनुसार बिहान ११ बजे अर्थ समिति बैठक बस्दै छ ।

उक्त बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुने भएको छ ।

साथै, बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  सैद्धान्तिक छलफल हुनेछ ।

त्यस्तै, त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ । यता बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुने भएको  छ ।

यसैगरी ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदा उपर छलफल सम्बन्धमा छलफल हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?