National life

आज तीजको अघिल्लो दिन माइतीघरमा दर खाएर मनाउँदै, यस्तो छ धार्मिक महत्त्व

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
599Shares
आज तीजको अघिल्लो दिन माइतीघरमा दर खाएर मनाउँदै, यस्तो छ धार्मिक महत्त्व
ncell

काठमाडौँ । हरितालिका तीजको अघिल्लो दिन आज हरितालिका तीज व्रतको तयारी स्वरूप सनातन धर्मावलम्बी महिलाहरूले दर खाएर मनाइँदै छ।

दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै नाचगान गरेर रमाइलो गर्ने चलन चल्दै आएको छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने प्रचलन चल्दै आएको हो ।

सरकारले तीज विशेष भोलि (शुक्रवार) हरितालिका तीजको अवसरमा महिलाहरूलाई सार्वजनिक बिदा दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परेको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका थिए। त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो।

दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेष गरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्। कर्म घरमै रहेका महिलाले पनि परिवारका सदस्यसँग बसेर दर खाने गर्छन्।

विशेष गरी दूधबाट बनेका खिर, ढकने, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ। दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ। दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्रीहरूको भनाई छ । शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ ।

भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको धार्मिक महत्त्व रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?