काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची तय भएको छ । संघीय संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने भएको छ ।
उक्त बैंठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुने भएको छ ।
त्यस्तै, साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने सचिवालयले जानकारी दिएको छ ।
उक्त बैंठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुने जनाइएको छ ।
साथै। साढे ११ बजे नै बस्नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफलको कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।


































