National life

नेप्से परिसूचकले नाघ्यो ३ हजारको बिन्दु, कुन-कुन कम्पनीका मूल्यमा देखियो सर्वाधिक वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
498Shares
नेप्से परिसूचकले नाघ्यो ३ हजारको बिन्दु, कुन-कुन कम्पनीका मूल्यमा देखियो सर्वाधिक वृद्धि
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) साताको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । आज बजार बन्द हुँदा नेप्से परिसूचक ३००१.८० बिन्दुमा कायम भएको हो । अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा मंगलबार नेप्से ३०.४९ अंकले बढेको हो ।

Royal Enfield
nic asia capital

यसअघि आइतबार नेप्से परिसूचक केही बेरका लागि ३००३ विन्दुमा पुगेर ओरालो लागेको थियो ।

मंगलबार कुल ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ पुग्यो । आज कुल कारोबार संख्या १ लाख ५७ हजार ५२५ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यस्तै आज १७६ कम्पनीको सेयरमूल्य बढ्दा ७४ कम्पनीको मूल्य भने घटेको छ।

आज हिमालय डिस्टिलरीले सबैभन्दा बढी ६४ करोड ४१ लाख ३८ हजार २७५ रुपैयाँको कारोबार गर्दा प्रभु बैंक लिमिटेडको सबैभन्दा बढी १८ लाख ५८ हजार २२३ कित्ता शेयर किनबेच भए ।

आज नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि सकारात्मक रहे ।

यस्तै १३ वटा उपसमूहमध्ये विकास बैंक र फाइनान्स बाहेक अन्य सबै उपसमूहको सूचकांक बढेको छ । आज लाइफ इन्स्योरेन्स तथा नन लाइफ इन्स्योरेन्सको सूचकांक क्रमशः १३९.५१ र १४५.३७ बिन्दुले बढेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?