काठमाडौं । आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हाे ।
आज छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतिताला १ लाख ११ हजार ८५० रुपैयाँ कायम रहेको थियो ।
त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार ४३० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४१० रुपैयाँमा काराेबार भइरहेको छ ।





































