काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आफ्नै अघिल्लो दिनको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यले तोलामा तीन हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।
बुधबारको कारोबारमा २७ सय रुपैयाँले बढेको सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९६० रुपैयाँ पुगेको छ ।


































