National life

आठ महिनामा एक अर्ब ९८ करोड बढी राजस्व संकलन, कुन शीर्षकबाट कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
702Shares
आठ महिनामा एक अर्ब ९८ करोड बढी राजस्व संकलन, कुन शीर्षकबाट कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा आन्तरिक राजस्व कार्यालय भद्रपुरले एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ। यो रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी हो।

कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव २०८०/०८१ को सोही अवधिमा एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको थियो । आन्तरिक राजस्व कार्यालयले चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत आवभन्दा राजस्व संकलन बढे पनि चालु आवको आठ महिनाको लक्ष्यको ८४ प्रतिशत राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ । कार्यालयले आठ महिनामा आयकरबाट ८९ करोड २७ लाख ८५ हजार, ब्याजबापत छ करोड ९० लाख ९० हजार, मूल्य अभिवृद्धि करबापत ६६ करोड ६५ लाख १५ हजार, अन्तःशुल्कबापत ३३ करोड १८ लाख ४५ हजार राजस्व संकलन गरेको छ।

चालु आवको आठ महिनामा गत वर्ष सोही अवधिको तुलनामा ४३ दशमलव ७९ प्रतिशत अन्तःशुल्क वृद्धि भएको प्रमुख कर अधिकृत काफ्लेले बताए। कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
702SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?