काठमाडौँ । पछिल्लो समय कालोसूचीमा पर्नेको सङ्ख्या थप फराकिलो बन्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै ५२ लाख ३०३ व्यक्ति, ऋणी तथा संस्था कालोसूचीमा परेका हुन् ।
कालोसूचीमा पर्नेमध्ये ७० प्रतिशत भन्दा धेरै चेक बाउन्स रहेको छ । पछिल्लो एक वर्षमा चेक बाउन्सका कारण ३४ हजार भन्दा धेरै कालोसूचीमा परेका छन् ।
चेक अनादर मार्फत कालोसूचीमा पर्नेको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा केही घटेको हो । अघिल्लो वर्ष असार मसान्तसम्म यस्तो आकार ३९ हजार ४ सय ८२ जना थियो । गत वर्षको तुलनामा यस वर्ष चेक बाउन्समा कालोसूचीमा पर्नेको संख्यामा ४ हजार ७ सय १२ ले कमी आएको हो ।
कुनै व्यक्ति वा संस्थाले खातामा पर्याप्त रकम नहुँदा नहुँदै चेक काटेर दिएमा चेक अनादर गरेको ठहर्छ । तीन पटकसम्म पनि बैंकबाट चेक फिर्ता भएको अवस्थामा चेक लिने व्यक्तिले उजुरी गरेको खण्डमा त्यस्तो व्यक्तिलाई सम्बन्धित बैंकको सिफारिसमा कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने व्यवस्था छ । यसरी कालोसूचीमा पर्ने व्यक्तिले बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ ।
त्यस्तै, केन्द्रका अनुसार यो वर्ष मात्रै ५३ हजार ५ सय ७१ जना व्यक्ति कालोसूचीमा थपिएका छन् । भने यसअघि कालोसूचीमा रहेको १८ हजार भन्दा बढी व्यक्ति यो सूचीबाट हटेका छन् । साथै, कर्जा सूचना केन्द्रमा आबद्ध रहेका बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा लिएको ऋणको साँवा ब्याज भुक्तानी नगरी कालोसूचीमा पर्नेको सङ्ख्या १८ हजार ८ सय ०१ जना पुगेको छ ।
यो सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १२ हजार ८ सय २१ थियो । गत अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ऋणको साँवा ब्याज भुक्तानी नगरी कालोसूचीमा पर्नेको सङ्ख्या ६ हजार भन्दा धेरैले बढेको हो । आर्थिक मन्दीका कारण पछिल्लो समय कालोसूचीमा पर्नेको सङ्ख्या दिनहुँ उकालो लागिरहेको छ । आर्थिक गतिविधि चलायमान हुन नसक्नु र व्यवसाय धराशायी बन्नुको मुख्य कारण कालोसूचीमा पर्नेको सङ्ख्या दिनहुँ बढिरहेको जानकारहरूको भनाई छ ।
कालोसूचीमा पर्नेको संख्यामा दैनिक रूपमा गुणात्मक रूपमा वृद्धि हुँदा। कालोसूचीबाट हट्नेको सङ्ख्या भने निकै कम रहेको कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले जानकारी दिएका छन् । केन्द्रका अनुसार गत आर्थिक वर्षमा ५३ हजार ५७१ ऋणी, व्यक्ति तथा संस्था मात्र कालोसूचीमा पर्दा १८ हजार ७४ जना मात्र कालोसूचीबाट हटेका छन् । यो वर्ष मात्र होइन विगतदेखि नै कालोसूचीमा पर्ने ज्यादा र हट्नेको सङ्ख्या न्यून गरेको तथ्यांकमा उल्लेख छ ।
| Fiscal year | ऋणको साँवा/ ब्याज भुक्तानी नगरेको (loan BL) | चेक अनादर | जम्मा | Loan BL Release | Cheque Release | Total Release |
| 2080/2081 | 12821 | 39482 | 52303 | 2138 | 12286 | 14424 |
| 2081/82 | 18801 | 34770 | 53571 | 3915 | 14159 | 18074 |


































