National life

आपत्त-विपत्त बाजा बजाएर आउँदैन, बीमा गरेर सुरक्षित बस्नुपर्छ: सलिकोका सीईओ क्षेत्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
784Shares
आपत्त-विपत्त बाजा बजाएर आउँदैन, बीमा गरेर सुरक्षित बस्नुपर्छ: सलिकोका सीईओ क्षेत्री
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल (सलिको) इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले आर्थिक मन्दीको प्रभाव हरेक व्यापार, व्यवसायमा आंशिक वा पूर्ण रुपमा पर्दा त्यसबाट बीमा क्षेत्र पनि अछुतो नरहेकोमा प्रकाश पारेका छन् । आर्थिक भ्वाईससँगको कुराकानीमा उनले अर्थतन्त्रमा मन्दी आएर कुनै सूचकमा ब्रेक लागेको बेलामा त्यसको ‘ब्रेक चेन’ संचालन हुन लामो समय लागेको बताएका हुन् ।

निर्जीवन बीमा व्यवसायीहरुको छाता संगठन बीमक संघ नेपालको समेत अध्यक्ष रहेका क्षेत्रीले विगतमा लिक्विडीटी (तरलता) का लागि घर-घरमा ग्राहक खोज्न जाने बैंकहरुले अहिले ग्राहकले लोन माग्दापछि हट्ने अवस्था सिर्जना भएकोमा जोड दिए । अहिलेको परिस्थितीमा पैसा भएका व्यक्तीहरुले नै खर्च गर्न आनाकानी गर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अहिले बीमा गर्ने पैसा भएर पनि बीमाको महत्व नबुझ्नेकै संख्या बढी भएको उनको लामो अनुभवले भन्छ । नेपालमा त सरकारले नै बीमाको महत्व नबुझेको भन्दै विगतको तुलनामा बीमाको पहुँच केही मात्रामा बढ्दै गएको तथ्यांक क्षेत्रीले पेश गरेका छन् । उनले बीमक संघ र बीमा कम्पनीहरुले आ–आफ्नो तर्फबाट देशका प्रदेश तथा स्थानिय तहमा बीमाको प्रचार-प्रसारमा जुटेको उदाहरणहरु दिएका छन् ।

सलिकोका सीईओ क्षेत्रीले आर्थिक भ्वाईससँग भने,‘कुनै दिन आउँन सक्ने भवितव्यका लागि बीमाले साथ दिने हो । वर्षोनि आउँने कुनै पनि क्षतिमा थोरै रकम तिरेर बीमाबाट जो कोहीले धेरै लाभ लिन सक्नुहुन्छ । नेपालमा हरेक वर्ष बाढी, पहिरो, भुकम्प जस्ता विभिन्न प्राकृतीक प्रकोपमा नागरिकहरुले राहात माग्नु पर्ने अवस्था छ । त्यस्तो अवस्था अन्त्य गर्न सरकारले नागरिकलाई बीमामा जोडन आवद्ध गराउँन जोड दिनुपर्छ।’

सरकारले कृषी बीमामा अनुदानको व्यवस्था गरे पनि त्यहाँ प्रचार प्रसारको कमी रहेको देखिन्छ । सीईओ क्षेत्रीले न्यून आय भएका नागरिकहरुलाई दिने भनिएको राहात केही ठूला फर्मले हात पार्ने तथ्य पनि स्वीकार गरेका छन् । उनले त्यस्ता विद्यमान केही विकृतीहरुको रोक्न सरकारले आफ्ना कार्यक्रमलाई बीमा गराउँदादेखि दाबी-भुक्तानी पाउँने अवस्थाससम्म निग्रानी गर्नुपर्ने उनको सुझाव छ । कुनै योजनाको उदेश्य ‘टप टू बटम’ सम्म हेरेर त्यसलाई कार्यन्वयन गर्नुपर्ने बताएका छन् । बीमा कम्पनीहरुले आफ्नो लागि बीमा गर्ने नभई नागरिकको जोखिम बहन गर्ने भएकाले त्यसको महत्व सबैलाई बुझाउँन आवश्यक रहेको सीईओ क्षेत्रीले बताएका छन् ।

उनले कुनै पनि आपत्त-विपत्त बाजा बजाएर आउँने नभएकाले सबै घर, सम्पत्ती बीमाको दायरामा राख्नु पर्ने बताएका छन् । सरकारी भवन र सम्पत्तीको पनि बीमा गरेमा सरकार आफैलाई सहज हुने उनको भनाई छ । बजेटमा सरकारले घोषणा मात्रै गर्ने तर त्यसको कार्यन्वयन पक्ष निकै फितलो रहेको उनी सुनाउँछन् । दिज्जग मान्छेले नै बीमा चाहिदैन भनेको प्रशंग जोडदै उनले सरकारी ओहोदामा बसेका व्यक्तीहरुले बीमा विरुद्ध बोल्न भन्दा पनि बीमाको महत्व बुझ्न लाग्नु पर्ने बताएका छन् । टिस्टामा थोरै रकमको बीमाशुल्क बुझाउँदा आँकलन गरेभन्दा बढी १२ हजार करोड रुपैयाँ बराबरको क्षति भएको घटना पनि उनले स्मरण गराउँन रुचाएका छन् । पाँच हजार करोड रुपैयाँको मात्रै क्षति हुन्छ भन्ने अनुमान गरे पनि सिक्किम गभर्मेन्टले त्यसमा ठूलो क्षति व्यहोर्नु परेको क्षेत्रीको भनाई छ । उनले सरकारले बीमाशुल्क तिर्न पछि हट्ने भन्दा पनि केही लाख रुपैयाँ तिरेर करोडौ रुपैयाँ बराबरको जोखिम बीमा कम्पनीलाई जिम्मा लाउँन मिल्नेतर्फ सोच्नु पर्ने बताएका छन् ।

शहरी भेग तथा धनाड्य व्यक्तीहरुको बीमामा सहभागिता कम देख्दा उनले दुई वटा घरको समेत एकै पटक क्षति हुनसक्ने भन्दै विश्वमा बीमाको अवधारणा आएको सन्दर्भ जोड्दै उनले बीमा नगरेर भन्दा पनि भवितव्य अगाडी अनिश्चितताको ख्याल गर्दै बीमा गर्नु धेरै बुद्धिमानी हुने बताएका छन् ।

भुकम्प लगायतको जोखिममा नेपाल रहेकाले नागरिकहरुलाई बीमको महत्व बुझाउँन सरकारले जोड दिनुपर्ने भन्दै सीईओ क्षेत्रीले साना ठूला भवितव्यमा सरकारको वा विदेशी ऋणदाताको मुख ताक्नुभन्दा पनि बीमा गरेर आफ्नै रकमले जोखिम बहन गर्नु उत्तम हुनेमा स्पष्ट पारे ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?