National life
cg eloctronics

आफ्नै प्लाज्मा दान गर्दैछन् यी अमेरिकी करोडपति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ माघ २०८१, सोमबार
1.6kShares
आफ्नै प्लाज्मा दान गर्दैछन् यी अमेरिकी करोडपति
muktinatha bikash bank

काठमाडौं। अमेरिकाका एकजना करोडपतिले आफ्नो एन्टी एजिंग अर्थात् बुढ्यौली प्रतिरोधी प्लाज्मा दान गर्ने इच्छा प्रकट गरेका छन् ।

बुढ्यौली रोक्नका लागि प्लाज्मा थेरापी गरिरहेका उनले बुुढ्यौली रोक्नका लागि जोडतोडका साथ प्रयास गरिरहेका थिए । अमेरिकी करोडपति ब्रायन जोनसनले आफ्नो बुढ्यौली प्रतिरोधक थेरापीका लागि अहिले आफ्नो छोराको प्लाज्माको उपयोग गर्न बन्द गरेको दाबी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

जोनसन एक प्रविधि उद्यमी हुन् । उनले आफ्नो १७ वर्षीय छोरा टेल्मेज र ७० वर्षीय पिता रिचार्डको प्लाज्मा समेत प्रत्यारोपण गरेर विश्वकै पहिलो बहुपुस्ता प्लाज्मा आदानप्रदानमा सामेल गरेका थिए ।

के हो प्लाज्मा आदानप्रदान ? प्लाजमा दान गर्ने प्रक्रियामा सुरुमा टेल्मेजको सरीरबाट एक लिटर रगत निकालिन्छ । त्यसपछि उक्त रगतलाई प्लाज्मा, राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेट्समा विभाजन गरिन्छ । त्यसपछि रगतबाट निकालिको उक्त प्लाज्मालाई अर्काको सरीरमा राखिन्छ ।

everest bank

तथापि जोनसनले अब यो प्रक्रियालार्य पूर्णरुपमा परिवर्तन गरेका जनाएका छन् । अहिले आफुले पूर्ण प्लाज्मा आदानप्रदान विधि अपनाएको उनको भनाई छ । टोटल प्लाज्मा एक्सचेन्ज प्रक्रियामा सरीरबाट सबै रगत निकालिन्छ । रगतबाट प्लाज्मा छुट्टाइन्छ। त्यसपछि प्लाज्मालाई ५ प्रतिशत एल्बुमिन र क्ष्ख्क्ष्न् मा परिणत गरिन्छ ।

यसैबीचमा जोनसनले उक्त प्लाज्मा आफुले खुसीसाथ सित्तैमा दान गर्न चाहेको पनि बताएका छन् ।

जोनसन आफ्नो अनौठो खालको स्वास्थ्य सम्बद्ध दिनचर्याका कारण जोनसन यसअघि पनि पटक पटक चर्चामा आउने गरेका छन् । मानिसहरुले बुढ्यौली रोक्नका लागि कहिले छोराको, कहिले बाउको र कहिले आफ्नै रक्तप्लाज्माको प्रत्यारोपण गर्ने उनको क्रियाकलापलाई सनकपूर्ण प्रयोग भएको टिप्पणी समेत गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?