National life

आम्दानी संकुचनको असर, एचआईडीसीएलको खुद नाफा ४० करोडमा झर्‍यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२७ माघ २०८२, मङ्गलबार
928Shares
आम्दानी संकुचनको असर, एचआईडीसीएलको खुद नाफा ४० करोडमा झर्‍यो
ncell

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म दबाबमा परेको छ। आम्दानीमा आएको उल्लेख्य गिरावटका कारण नाफा दबाबमा परेको देखिन्छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म एचआईडीसीएलले ४० करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९८ प्रतिशतले कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५२ करोड २३ लाख रुपैयाँ रहेको थियो।

यस अवधिमा कम्पनीको कुल आम्दानी ५६ करोड ८८ हजार रुपैयाँमा सीमित भएको छ। यो आम्दानी अघिल्लो वर्षको तुलनामा २८.२३ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ७८ करोड ४ लाख रुपैयाँ रहेको थियो।

यद्यपि, कम्पनीले खर्च व्यवस्थापनमा भने सुधार गरेको देखिन्छ। वित्त खर्च ३२ करोड ३० हजार रुपैयाँबाट घटेर २९ करोड २७ लाख रुपैयाँमा झरेको छ। यस्तै, कर्मचारी सुविधा खर्च २ करोड ६९ लाख रुपैयाँबाट घटेर १ करोड ८७ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन तथा प्रशासनिक खर्च ७७ लाख ६३ हजार रुपैयाँबाट घटेर ६४ लाख १९ हजार रुपैयाँमा झरेको छ।

वित्तीय अवस्थातर्फ हेर्दा, कम्पनीको कुल चालु सम्पत्ति १६ अर्ब ८७ करोड रुपैयाँ र कुल चालु दायित्व २० करोड ३१ लाख रुपैयाँ रहेको छ। यसैगरी, कम्पनीको रिजर्भको आकार घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ४७ करोड रुपैयाँ रहेको रिजर्भ समीक्षा अवधिसम्म घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.२३ रुपैयाँमा झरेको छ, जबकि अघिल्लो आवमा ईपीएस ४.२५ रुपैयाँ थियो। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.०२ रुपैयाँ, पीई अनुपात ७९.०८ गुणा र तरलता अनुपात २७.०७ प्रतिशत कायम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?