National life

आर्थिक मन्दीले खस्कियो लगानीकर्ताको मनोबल, उद्योगको लगानी ३२ प्रतिशतले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
709Shares
आर्थिक मन्दीले खस्कियो लगानीकर्ताको मनोबल, उद्योगको लगानी ३२ प्रतिशतले घट्यो
ncell

काठमाडौैं । आर्थिक मन्दीको असर उद्योग क्षेत्रमा पनि देखिएको छ । उद्योग विभागको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा उद्योग क्षेत्रको लगानी ३२.५६ प्रतिशतले घटेको छ ।

विभागका अनुसार गत आव २०७९/८० मा एक खर्ब १५ अर्ब २५ करोड रुपैयाँ लगानीका ३२३ वटा उद्योग दर्ता भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जबकी अघिल्लो आर्थिक वर्षमा एक खर्ब ७० अर्ब ९० करोड रुपैयाँ लगानीका ३०८ वटा उद्योग दर्ता भएका थिए ।
अर्थतन्त्रमा देखिएको शिथिलता, बढ्दो ब्याजदर र मूल्यवृद्धि लगायतका विभिन्न कारणले उद्योग क्षेत्र विस्तारतर्फ स्वदेशी तथा विदेशी लगानीकर्ताको उत्साह, मनोबल र आत्मविश्वास घटेको देखिन्छ । यस अवधिमा उद्योग दर्ताको संख्यामा वृद्धि भएपनि लगानीको प्रतिवद्धता भने घटेको पाइएको छ ।

कुन क्षेत्रमा कति आयो लगानी प्रतिवद्धता

विभागका अनुसार आव २०७९/८० मा आएको लगानीमध्ये सबैभनदा बढी उर्जा क्षेत्रमा आएको छ । यस अवधिमा उर्जा क्षेत्रका ४५ वटा उद्योगका लागि एक अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । त्यस्तै, आईसीटी क्षेत्रका १६ उद्योगका लागि एक अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

त्यसैगरी, यस अवधिमा पर्यटन क्षेत्रका ६७ उद्योगका लागि २५ अर्ब २७ करोड, कृषि तथा वनजन्य क्षेत्रका १० उद्योगका लागि एक अर्ब ९९ करोड, उत्पादनमुलक क्षेत्रका ११४ उद्योगमा ४१ अर्ब ९१ करोड, पूर्वाधार क्षेत्रको एक उद्योगमा १३ करोड, सेवामुलक क्षेत्रका ६६ उद्योगमा ३० अर्ब ८२ करोड र खनिज तर्फका चार उद्योगका लागि ७६ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

विदेशी लगानीमा आकर्षण

तथापि, समीक्षा अवधिमा यता विदेशी लगानीतर्फ भने केहीँ आकर्षण देखिएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कूल ३३ अर्ब ३९ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । उक्त लगानीबाट ३२७ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ४२ करोड रुपैयाँ बराबरको १५५ उद्योग दर्ता भएका थिए ।

दर्ता भएका उद्योगमा साना उद्योग २९७ वटा, मझौला उद्योग २५ वटा र ठूला उद्योग ५ वटा रहेका छन् । जसमा १७ हजार १२ जनालाई रोजगारी प्रतिवद्धता हुने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?