National life

आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक, के के समेटिए ? (पूर्णपाठ सहित)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
521Shares
आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक, के के समेटिए ? (पूर्णपाठ सहित)
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको हाे ।

आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिकाे बैठकले मौद्रिक निति पारितगरेसँगै राष्ट्र बैंकले वेवसाईटमार्फत सार्वजनिक गरेको हो ।

पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्याइने व्यवस्था गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।

पारस्परिक मूल्यांकनबाट प्राप्त सुझावसमेतका आधारमा सम्पत्ति शुद्धीकरण निवारणसँग सम्बन्धित निर्देशनहरु जारी गरिने तथा सम्बन्धित कानुनको समसामयिक परिमार्जन गर्न र राष्ट्रिय रणनीति तर्जुमा गर्न सहजीकरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो ।


मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गरेसँगै मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने दिउँसो ३ बजे याक एन्ड यति होटलमा राखिएको छ ।


यस्तो छ पुर्णपाठ :



यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?