National life

आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव भोलि प्रतिनिधिसभामा पेश हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
512Shares
आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव भोलि प्रतिनिधिसभामा पेश हुने
ncell

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सोमबार आर्थिक वर्ष २०८१/०८२ को प्रि–बजेट प्रस्ताव पेश हुने भएको छ । आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले फागुन महिनाको संसदको क्यालेन्डर तय गर्दै सोमबारको बैठकमा अर्थमन्त्रीले प्रि–बजेट प्रस्ताव पेस गर्ने सहमति भएको हो ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको परामर्श समितिको बैठकले फागु १४, १८, २१,२२, २३ र ३० गतेसम्म बैठक बस्ने क्यालेण्डरलाई अन्तिम रुप दिएको हो । सभामुख घिमिरेको सचिवालयका अनुसार सोमबार प्रि–बजेट प्रस्ताव पेश गर्ने र फागुन २१,२२ र ३० गतेको बैठकमा दलीय आधारमा छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

फागुन १८ गतेको बैठकमा केही विधेयकहरूलाई अघि बढाउने कार्यसूची बनाउन पनि दलहरुबिच सहमति भएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपि प्रतिनिधिसभा बैठकको कार्यसूचीलाई सोमबार अन्तिम रुप दिने संसद सचिवालयले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?