National life

आर्थिक वर्ष ८०/८१ मा ९१ अर्ब ५९ करोड ८८ लाख बेरुजु, कुन संस्थामा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ वैशाख २०८२, बुधबार
614Shares
आर्थिक वर्ष ८०/८१ मा ९१ अर्ब ५९ करोड ८८ लाख बेरुजु, कुन संस्थामा कति ?
ncell

काठमाडौँ। महालेखा परीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

महालेखा परीक्षक कार्यालयले नेपालको संविधानको धारा २९४ बमोजिम आफ्नो कार्यालयले कार्यसम्पादन गरी ६२औं वार्षिक प्रतिवेदन पेश गरेको जानकारी  हो । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत ध्यानमा राखी ५ हजार ७५९ वटा निकाय तथा कार्यालयको लेखा परीक्षण गरिएको  हो ।

जसमध्ये ३ हजार ७०२ कार्यालयको विस्तृत लेखा परीक्षण गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिमा ४३ वटा पूर्ण सरकारी स्वामित्व भएका संस्थाको ४५ आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न भएको कार्यालयको भनाई छ । नेपालको संविधान र लेखा परीक्षणको अधिकारभित्र रही ४२ वटा संगठित संस्थाको ४७ आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न भएको हो ।  यस वर्ष ११ विषयमा कार्यमूलक, १ विषयमा सूचना प्रविधि, १ विषय वातावरणीय र २ विषयको लेखा परीक्षण सम्पन्न भएको थियो।

यस वर्ष ५ हजार ७५९ कार्यालयको लेखा परीक्षण गर्दा ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखा परीक्षण गरिएको थियो। जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३१ खर्ब ६ अर्ब १६ करोड, प्रदेश तथा निकायतर्फ ३ खर्ब ८ अर्ब ५६ करोड, स्थानीय तहतर्फ ११ खर्ब १८ अर्ब ४० करोड, समिति र अन्य संस्थातर्फ ५ खर्ब २२ अर्ब १३ करोड, र संगठित संस्थातर्फ ४४ खर्ब ७ अर्ब ४ करोडको लेखा परीक्षण गरिएको छ।

आर्थिक वर्ष २०८०/८१ को बेरुजुको अवस्था प्रस्तुत गर्दै महालेखा परीक्षक रायाले लेखा परीक्षणबाट कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख कायम भएको थियो । सोमध्ये संघीय सरकारका कार्यालयको ४७ अर्ब ७४ करोड ३० लाख, प्रदेश सरकारी कार्यालयको ४ अर्ब २० करोड, स्थानीय तहको २५ अर्ब ३२ करोड ४२ लाख, र समिति तथा अन्य संस्थाको १४ अर्ब ३३ करोड ७ लाख बेरुजु रहेको छ।

महालेखा परीक्षकको ६२औं प्रतिवेदनमा अद्यावधिक बेरुजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह तथा समिति र अन्य संस्थाहरूको लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड देखिएको छ।

यसमध्ये संघीय सरकारी कार्यालयहरूको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय तहको २ खर्ब ९ अर्ब २९ करोड, र समिति तथा अन्य संस्थाहरूको १ खर्ब १७ अर्ब ९७ करोड रहेको छ।

संघीय तथा प्रदेश सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थाहरूको बेरुजु अतिरिक्त कारबाही टुङ्गो लगाउनुपर्ने रकम अर्थात् लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण समयमै टुङ्गो लगाउनुपर्ने अद्यावधिक रकम ५ खर्ब ५१ अर्ब १ करोड देखिएको छ। यो वर्ष २८ अर्ब २९ करोड ४० लाख बेरुजु परीक्षण गरिएकोमा १४ अर्ब ६८ करोड ४१ लाख असुल भएको पनि प्रतिवेदनमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?