National life

इजरायल–इरान तनावपछि खाडी मुलुकका सेयर बजारमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असार २०८२, सोमबार
715Shares
इजरायल–इरान तनावपछि खाडी मुलुकका सेयर बजारमा गिरावट
ncell

काठमाडौं । इजरायल र इरानबीच रातभर भएका आक्रमणपछि आइतबार खाडी मुलुकका सेयर बजारहरूमा तीव्र गिरावट देखिएको छ । मध्यपूर्वमा द्वन्द्व चर्किन सक्ने चिन्ताले लगानीकर्तामा अस्थिरता बढेपछि बजारमा नकारात्मक प्रभाव परेको रोयटर्सले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इजरायली सेनाले शुक्रबारदेखि इरानका आणविक केन्द्र, ब्यालिस्टिक मिसाइल कारखाना र सैन्य नेतृत्वमाथि हवाई आक्रमण गरिरहेको जनाएको छ। इजरायलले यस अभियानलाई तेहरानलाई आणविक हतियार निर्माणबाट रोक्नका लागि “दीर्घकालीन सैन्य रणनीति” को हिस्सा भनेको छ।

युद्धको तनावसँगै खाडी क्षेत्रका प्रमुख स्टक इन्डेक्सहरूमा उल्लेख्य गिरावट आएको छ। मध्यपूर्वको अस्थिरताले विश्व ऊर्जा बजार र वित्तीय प्रणालीमा गहिरो असर पार्न सक्ने भएकाले यस क्षेत्रलाई आर्थिक दृष्टिकोणले पनि संवेदनशील मानिन्छ।

कतारको सेयर बजार सूचकांक (क्युएसआई) आइतबार ३.२० प्रतिशतले घट्यो । त्यहाँ सूचीकृत अधिकांश कम्पनीको शेयर मूल्य घटेको रोयटर्सले जनाएको छ । शनिबार राति इजरायलले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गरेको थियो । जसमा कतारसँग साझेदारीमा रहेको साउथ पार्स ग्यास क्षेत्रका संरचनाहरू पनि प्रभावित भएका छन्। यो ग्यास क्षेत्र इरानको प्रमुख ऊर्जा स्रोत हो । जसले खाडीको ग्यास आपूर्तिमा अवरोधको आशंका बढाएको छ।

साउदी अरेबियाको प्रमुख सूचकांक (टीएएसआई) कारोबारको सुरुवातमा ३.६ प्रतिशतले घटे पनि पछि केही सुधारसहित अन्ततः १.०९ प्रतिशतले झरेको छ। कुवेतको मुख्य सूचकांक (बीकेपी) ४.३ प्रतिशतले घटेको छ। यस्तै, मस्कट स्टक एक्सचेन्ज १.५ प्रतिशत, बहराइनको सूचकांक ०.८ प्रतिशत र तेल अभिवको सूचकांक १.५ प्रतिशतले घटेका छन्।

ओमान विगतदेखि नै इरान र अमेरिकाबीचको आणविक वार्तामा मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ। संयुक्त अरब इमिरेट्सका दुबई र अबुधाबी सूचकांकहरू शुक्रबार क्रमशः १.९ र १.३ प्रतिशतले घटेका थिए। ती बजारमा सोमबारदेखि पुनः कारोबार सुरु हुनेछ।

यसबीच, इजिप्टको सूचकांकमा पनि भारी गिरावट आएको छ। आइतबार ७.७ प्रतिशतसम्म घटेपछि केही सुधार देखिए पनि यो पछिल्लो पाँच वर्षयताकै सबैभन्दा ठूलो गिरावट भएको ब्लुमबर्गले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?