National life

इन्साइडर ट्रेडिङ गरेको आरोपमा शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ पुस २०८२, शुक्रबार
1.1kShares
इन्साइडर ट्रेडिङ गरेको आरोपमा शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ
ncell

काठमाण्डौ । प्रहरीले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज उनलाई चुनदेवीबाट पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार नै उनी प्रक्राउ परेको खुलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब रु. ४९,१९,८६५.९० ( उनन्चास लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुँपैया नब्बे पैसा) कानून बिपरित नाफा आर्जन गरेको देखिएको छ । साथै उनले अन्य TMS User प्रयोग गरी आपसी खरिद/विक्री तथा आफन्त र सम्बद्ध संस्था बीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पनि खुलेको छ ।

साथै कर्पोरेट डेभलपमेन्ट बैंक लि. को शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भि जाँचबुझ प्रतिवेदन समेतको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?