National life

इम्सनले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झक्झक्याउने काम गर्नुपर्छ : राजेन्द्र मल्ल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ वैशाख २०८१, बुधबार
1.2kShares
इम्सनले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झक्झक्याउने काम गर्नुपर्छ : राजेन्द्र मल्ल
ncell

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको प्रवद्र्धन र सरकारी नीतिलाई झकझक्याउने काम गर्नुपर्ने बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको चेम्बर पदाधिकारीलाई सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले इम्सन र निजी क्षेत्रबीचको सम्बन्ध रथका दुई पाँग्राबीचको सम्बन्धझै हुनुपर्ने बताउँदै उनले पछिल्लो समय अर्थतन्त्र, र व्यापार व्यवसायमा देखिएको समस्याको समाधान गर्नका लागि दुबै संस्थाहरु मिलेर अघि बढ्न सकिए सुधारमुखी नतिजा देखिने बताए ।

‘हामी निजी क्षेत्रका मागहरुलाई सरकारले पनि हेरिदिनुपर्छ, सरकारले हाल हाम्रा सुझावअनुसार प्रतिवद्धता दिएपनि कार्यान्वयन नगरिदिने प्रवृत्ति हावी हुँदै गएको छ,’ उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले कार्यक्रममा विनियोजन विकास बजेट समयमै खर्च नहुँदा १० प्रतिशतमा विकास हुने र ९० प्रतिशत यत्तिकै खर्च हुने अवस्था निम्तिएको बताए । उनले सरकारले यस्तो रकम समयमै भुक्तानी गरिदिँदा उद्योगी व्यवसायीहरुलाई सहज आशा व्यक्त गरे ।

‘निजी क्षेत्रका यस्ता समस्याबीच इम्सनले निजी क्षेत्रलाई प्रवर्धन र सरकारलाई झकझक्याउने काम गरिरहनुपर्छ,’ उनले भने, ‘यसका कारण इम्सनलगायतका संचारमाध्यमहरुले निजी क्षेत्रले सरकारलाई दिएका सुझावहरु कार्यान्वयनमा लैजाने वातावरणको निर्माण गरिनुपर्छ ।‘

पछिल्लो समय सरकारले निजी क्षेत्रलाई अवज्ञा गरेको आरोप उनले लगाएको छ । ‘सरकार हाम्रो अभिभावक हो, तर हामी धाईरहने सरकारले नसुनिदिनाले मुलुकको आर्थिक अवस्थामा ठुलो समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘निजी क्षेत्र पनि मुलुक बनाउन जिम्मेवार छ भन्ने कुरा सरकारले बुझेन ।’

उनले मुलुकको आर्थिक प्रगतिको लागि चेम्बर र इम्सनबीच सहकार्य गर्नुपर्ने कुरालाई जोड दिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?