National life

इरानको विद्यालयमा इजरायली आक्रमण, ४० विद्यार्थीको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१६ फागुन २०८२, शनिबार
1.3kShares
इरानको विद्यालयमा इजरायली आक्रमण, ४० विद्यार्थीको मृत्यु
ncell

काठमाडौं । इरानको होर्मोजगान प्रान्तको विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी मारिने विद्यार्थीको संख्या ४० पुगेको छ ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा भएको इजरायली आक्रमण परी मर्नेको संख्या ४० पुगेको हो ।ं

इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायली आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।

प्रारम्भमा अलजजिराले आक्रमणमा पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि उक्त संख्यामा वृद्धि भएर मर्नेको संख्या २४ पुगेको थियो ।

इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिरहेका छन् ।

तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?