National life

इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण काठमाडौंमा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
463Shares
इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनीको चौथो संस्करण काठमाडौंमा सुरु
ncell

काठमाडौँ । नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौँमा शुक्रबारदेखि सुरु भएको छ । चौँथो संस्करणको प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्।

भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनीलाई मिडिया स्पेस सोल्युसन्स, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेज इन्डिया प्रालिले संयुक्त रूपमा आयोजना गरेका हुन् भने नेपाल विद्युत प्राधिकरण र नेपाल सौर्य विद्युत उत्पादक संघ सहयोगी संस्था रहेका छन्।

यस प्रदर्शनीमा १०० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीका स्टलहरू रहेका छन्।

Royal Enfield
nic asia capital
प्रदर्शनीमा ट्रान्समिसन तथा डिस्ट्रीब्युसन सामग्री, उर्जा आपूर्ति तथा कन्ट्रोल उपकरण, हाउस वायरिङ, तार–केबल, आधुनिक स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स र घरेलु उपकरण, चार्जिङ स्टेशन, ब्याट्री लगायतका उत्पादनहरू प्रदर्शनमा राखिएका छन्।

उद्घाटन समारोहमा मन्त्री भण्डारीले नेपालमा उत्पादित विद्युत तथा विद्युतीय सामग्री निर्यातको ठूलो सम्भावना रहेको बताउँदै यस्तो प्रदर्शनीले ऊर्जा र प्रविधि क्षेत्रमा नविनतम उपलब्धीको जानकारी आदानप्रदानमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

बडा दशैंको पूर्वसन्ध्यामा आयोजना गरिएको यो प्रदर्शनीमा उपभोक्ताले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामान सहज रूपमा खरिद गर्न सक्नेछन्। आयोजकका अनुसार, प्रदर्शनीले विद्युत तथा विद्युतीय क्षेत्रको व्यवसाय प्रवर्द्धन, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र व्यवस्थित ऊर्जा खपतबारे सन्देश फैलाउने उद्देश्य राखेको छ।

भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?