National life

उखु किसानका समस्या समाधानमा कुनै कसर बाकि नराख्ने बिनोद चौधरीको प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|११ फागुन २०८२, सोमबार
1.2kShares
उखु किसानका समस्या समाधानमा कुनै कसर बाकि नराख्ने बिनोद चौधरीको प्रतिबद्धता
ncell

नवलपरासी । पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले उखु किसानका समस्या समाधानका लागि आफुले कुनै कसर बाकी नराख्ने बताएका छ्न । बिगत देखि उखु किसानका समस्यामा सरकारलाई झकझक्याएको पनि उनले बताए । चौधरीले आगामी दिनमा समेत उखु किसानका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको बताए ।

गत बर्ष पनि न्युनतम समर्थन मूल्य समयमै तोक्न आफुले सरकारलाई दबाब दिएको बताउदै किसानहरुको समस्या समाधानका लागि आफू गम्भीर रहेको चौधरीले बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्रामिण भेगमा अधिकाङ्स किसान उखु खेतिमा आबद्ध भएकाले किसानमैत्री नितिको आवश्यकता रहेको उनले बताए।

निर्वाचन अभियान अन्तर्गत आज नवलपरासीको प्रतापपुर गाउँपालिका स्थिति वडा नम्बर ५ र ६ मा घरदैलोमा पुगेका चौधरीलाई यहाँका उखु किसानले उखु किसानका दीर्घकालीन समस्या समाधानका लागि प्रभावकारी पहल गरिदिन अनुरोध गरेपछि उम्मेदवार चौधरीले गम्भिरता पुर्वक किसानका गुनासा सुन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।

समयमा अनुदान रकम र उखुको भुक्तानी नपाउँदा यस क्षेत्रका कृषक वर्षौंदेखि आर्थिक संकट झेल्दै आएका छन्।निर्वाचन अभियानअन्तर्गत आज प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित ग्रामीण भेगमा घरदैलो कार्यक्रममा पुगेका उम्मेदवार चौधरीलाई किसानहरूले आफ्ना गुनासा प्रत्यक्ष सुनाएका हुन्।

किसानहरूको भनाइ अनुसार उखु क्रसिङ सिजन सुरु भइसके पनि सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा अन्योल सिर्जना हुने गरेको छ।

त्यस्तै, चिनी मिलहरूले वर्षौंदेखि भुक्तानी अल्झाएर राख्ने प्रवृत्तिका कारण किसानहरू विस्थापित हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ। स्थानीय किसानका समस्या सुनेपछि उम्मेदवार चौधरीले विगतमा पनि उखु किसानका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराएको उल्लेख गरे।

उनले कांग्रेसको नेतृत्वमा सरकार बने कृषि क्षेत्रका लागि छुट्टै नीति निर्माण गरी किसानका सबै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। यस भेगका अधिकांश नागरिक कृषि पेशामा आबद्ध रहेकाले भुक्तानी र मूल्य निर्धारणको समस्या समाधान नगरेसम्म कृषकको अवस्था सुधार नहुने स्थानीयहरूको भनाइ छ।

केही किसान उखु खेतीबाट विस्थापित भई केरा खेतीतर्फ आकर्षित भए पनि बजारीकरण र उचित मूल्य अभावका कारण सन्तुष्ट हुन नसकेको बताएका छन्। घरदैलोका क्रममा उम्मेदवार चौधरीले गगन थापा नेतृत्वको सरकार बने राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने र किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विश्वास दिलाए।

आफू निर्वाचित भएपछि झन्डै ३० महिना मात्रै काम गर्न पाएको बताउँदै उनले अधुरा कामलाई पुर्णता दिन र ग्रामीण क्षेत्रका सडक,बिस्तार,शिक्षा स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्ने बाचा सहित पुन मतदाताको घरदैलोमा आएको बताए ।स्थानीयले पनि यो क्षेत्रका समस्यालाई राष्ट्रिय स्तरमा दरिलो रुपमा उभ्याउन सक्न्ने सक्षम उम्मेदवार भएकाले आफुहरु बिश्वस्त रहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?