काठमाडौँ। नेपाली बजारमा आज साताको पहिलो कारोबारका दिन सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज सुन एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट आएको छ ।
आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































