काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटको लाइसेन्स निलम्बन गरेको छ । प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा एकआपसमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरेको हाे ।
प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्स गरिएको हो । घट्नाबारे थप अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ ।
शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएपछि पाइलट शाह र श्रेष्ठबीच पाइलटबीच कुटपिट भएको थियो ।































