National life

उद्योग महासंघ चुनाव: ढकालको नेतृत्वमा नयाँ प्यानल मैदानमा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१२ फागुन २०८२, मङ्गलबार
1.1kShares
उद्योग महासंघ चुनाव: ढकालको नेतृत्वमा नयाँ प्यानल मैदानमा
ncell

काठमाडौँ । आगमी चैत २८-२९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि हेमराज ढकालले आफ्नो प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। हाल वस्तुगत उपाध्यक्ष रहेका ढकालले सोमबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा चुनावी दाबी पेश गरेका हुन्।

ढकालको प्यानलअनुसार एसोसिएट उपाध्यक्षका उम्मेदवारमा हालकै एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे, तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ प्रतिद्वन्द्वी बन्ने तयारीमा छन्। महिला उपाध्यक्ष पदका लागि कमला श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
महासंघको विधानअनुसार केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला सदस्य निर्वाचित भएमा महिला उपाध्यक्ष चयन गर्न सकिने प्रावधान छ।

प्यानलका सदस्यहरू सबै अहिले विभिन्न महत्वपूर्ण समितिमा कार्यरत छन्। ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्ष, उमेश डालमिया व्यापार मेला समिति संयोजक, कल्पना गैरे कार्यसमिति सदस्य, नरेश लाल श्रेष्ठ निर्यात प्रवर्दन समिति संयोजक र कमला श्रेष्ठ महिला उद्यमी विकास समिति संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

ढकालले आफ्नो प्यानलमार्फत महासंघमा अनुभव र समन्वयपूर्ण नेतृत्व प्रवाह गर्ने योजना रहेको उल्लेख गर्दै उद्योग क्षेत्रको समग्र विकास, उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक वातावरण सुधारलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?