National life

ऊर्जामन्त्री बन्दै विराजभक्त श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
1.7kShares
ऊर्जामन्त्री बन्दै विराजभक्त श्रेष्ठ
ncell

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी अब विराजभक्त श्रेष्ठलाई सुम्पिने निर्णय भएको छ। उनी पहिलेको प्रतिनिधि सभामा केही समयका लागि युवा तथा खेलकुद मन्त्री पनि बनेका थिए।

मन्त्रीको रूपमा कार्यरत हुँदा खेलकुद क्षेत्रमा रहेका कमजोरी हटाउन र खेलाडीहरूको मनोबल बढाउन चालेका उनका कदमहरू निकै चर्चामा आए। यिनै उपलब्धिहरूलाई आफ्नो राजनीतिक ब्रान्डिङमा प्रयोग गर्दै उनी फेरि निर्वाचनमा उम्मेदवार बनेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विराजभक्त श्रेष्ठले २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं-८ बाट प्रतिनिधि सभा सदस्यको रूपमा जित हासिल गरे। उनले २४ हजार ५९२ मत पाउँदै विजयी भएको घोषणा गरिएको थियो। २०७९ सालमा पनि उनी यही निर्वाचन क्षेत्रमा विजयी भइसकेका थिए।

श्रेष्ठ पहिलो पटक २०७४ मा समानुपातिक प्रणाली अन्तर्गत बागमती प्रदेश सभा सदस्य बनेका थिए। प्रदेश सभामा रहँदा उनले नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजमा प्रयोग हुने भाषा बनाउन कानुन पारित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

संघीय सरकारले ल्याएको गुठी विधेयकविरुद्ध उनले सडक र सदन दुवै मोर्चाबाट सक्रिय विरोध जनाएका थिए, जसले नेवाः समुदायको भावनाको प्रतिनिधित्व गरेको थियो।

शिक्षा क्षेत्रमा ‘बिजनेस एड्मिनिस्ट्रेसन’ मा स्नातक गरेका श्रेष्ठले आफ्नो करियर होटल–रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनामा जागिरेको रूपमा सुरु गरेका थिए। २०७२ को महाभूकम्पपछिका बेला उनी समाजसेवामा सक्रिय भए र नेतृत्व गरेको स्वयंसेवक टोलीले राहत संकलन, वितरण र स्वास्थ्य शिविर संचालन जस्ता कामहरू गरे।

साथै, वातावरण संरक्षणका लागि ‘फोर्स नेपाल’ संस्था स्थापना गरी ‘वान ट्री–मेरो जिम्मेवारी’ जस्ता अभियानहरू सञ्चालन गरे, जसले उनलाई स्थानीय समुदायसँग प्रत्यक्ष जोड्न मद्दत गर्‍यो।

राजनीतिमा प्रवेश गर्ने क्रममा उनी २०७४ को निर्वाचनअघि उज्ज्वल थापासँगै विवेकशील साझाको अभियानमा सहभागी भएका थिए। यस क्रममा उनी विधायकीको अनुभव र युवा तथा खेलकुद मन्त्रीको अनुभव लिएर अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सम्हाल्ने तयारीमा छन्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?